एजेन्सी । श्रीलङ्काको अर्थतन्त्र सम्हालिन थालेको छ । आर्थिक रुपमा टाट पल्टिएको श्रीलंकाको अर्थतन्त्रमा सुधार देखिन थालेको हो । मुद्रास्फीति जुनमा घटेर १०.८ प्रतिशत कायम भएको छ । गत मे महिनामा २२.१ प्रतिशत रहेको थियो ।
गत वर्ष एनसीपीआईले ७३.७ प्रतिशतको मुद्रास्फीति रेकर्ड गरेको थियो । श्रीलङ्काको केन्द्रीय बैंकले सन् २०२३ सम्म पनि मुद्रास्फीतिमा गिरावट आउने अनुमान गरेको छ ।
श्रीलङ्काले सेप्टेम्बरसम्ममा विद्यमान उच्च मुद्रास्फीतिलाई एकल अङ्कमा झार्ने बताएको छ ।