मेष । खर्च र जिम्मेवारी दुवै बढेजस्तो महसुस हुन सक्छ। मनमा पुराना कुरा खेल्न सक्छन्, तर धैर्य राख्दा स्थिति सहज बन्नेछ। बोल्दा वा निर्णय गर्दा हतार नगर्नु राम्रो। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।
वृष । आज आत्मविश्वास र आकर्षण दुवै बढ्ने दिन हो। रोकिएका योजना फेरि अघि बढाउन मन लाग्न सक्छ। सामाजिक प्रतिष्ठा र व्यक्तिगत प्रभाव बलियो रहने संकेत छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
मिथुन । मन अलि गहिरिएर जाने र एकान्त खोज्ने दिन हुन सक्छ। पुराना सम्झना वा अधुरा काम फेरि सम्झिनामा आउनेछन्। शान्त भएर योजना मिलाउँदा आगामी कामहरू सहज बन्नेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट । साथीभाइ वा सामाजिक घेराबाट राम्रो सहयोग मिल्न सक्छ। सामूहिक काममा सहभागिता बढ्नेछ। राजनीति वा संगठनात्मक क्षेत्रमा सक्रियता देखिने शुभ योग रहेको छ। आजको शुभ रंग फिक्का सेतो हो भने शुभ अंक २ रहेको छ।
सिंह । काम र जिम्मेवारीप्रति गम्भीर बन्नुपर्ने दिन हो। वरिष्ठ व्यक्तिको ध्यान वा विश्वास प्राप्त हुन सक्छ। नेतृत्व क्षमता देखाउने अवसर आउन सक्छ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।
कन्या । शिक्षा, अध्ययन वा नयाँ ज्ञानतर्फ आकर्षण बढ्नेछ। टाढाको योजना वा यात्रासम्बन्धी योजना बन्न सक्छ। सकारात्मक सोचले दिनलाई सहज बनाउनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ।
तुला । आज भावनात्मक कुरा अलि गहिरो बन्न सक्छ। आर्थिक वा पारिवारिक विषयमा सोचेर निर्णय लिनु राम्रो। संयमित व्यवहारले सम्भावित तनाव कम गर्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक । सम्बन्ध र साझेदारीका विषय सक्रिय रहनेछन्। स्पष्ट संवादले गलत बुझाइ हटाउन मद्दत गर्नेछ। पारिवारिक सहकार्यबाट राम्रो परिणाम मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।
धनु । दैनिक काम र जिम्मेवारीमा व्यस्तता बढ्न सक्छ। स्वास्थ्य र आरामप्रति लापरबाही नगर्नु राम्रो। सानो प्रयासले पनि उपयोगी परिणाम दिने संकेत छन्। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक ३ रहेको छ।
मकर । आज सिर्जनशीलता र आत्मविश्वास बलियो रहनेछ। मन लागेको काममा समय दिन पाउँदा सन्तुष्टि मिल्नेछ। प्रेम वा मित्रतामा मिठास थपिने योग छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ । घरपरिवार र व्यक्तिगत विषयमा ध्यान जाने दिन हो। मन अलि संवेदनशील रहन सक्छ। ठूला निर्णयभन्दा शान्त वातावरणमा समय बिताउनु राम्रो। आज यहाँहरूको लागि शुभ रंग नीलो र शुभ अंक ४ रहेको छ।
मीन । आज बोली र विचारको प्रभाव राम्रो देखिनेछ। दाजुभाइ वा साथीभाइसँगको सहकार्य लाभदायक बन्न सक्छ। नयाँ सूचना वा समाचारले उत्साह थप्न सक्छ। आज यहाँहरूको लागि शुभ रंग बैजनी र शुभ अंक ७ रहेको छ।
स्रोत हाम्रोपात्रो