सुनले बनायो अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड

न्युजलय ३० भदौ २०८१, आइतबार ०५:१९ मा प्रकाशित

काठमाडौँ । सुनको मूल्यले आज फेरि अहिलेसम्मै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ। 

प्रतितोला पाँचसय रुपैयाँ बढेर सुन आज प्रतितोला एक लाख ५६ हजार आठसय रुपैयाँ पुगेको  हो। सुनको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

शुक्रबार एकैदिन तीन हजार रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ पुगेको थियो। 

महासंघका अनुसार आज चाँदीको मूल्य एक हजार नौ सय पुगेको छ।