किशोरीहरुका अगाडी एसेम्बलीमै नाङ्गै हुन्छन् राई, संवेदनशील अंग छुन लगाउँछन्

न्युजलय २८ बैशाख २०८०, बिहिबार ०८:२५ मा प्रकाशित

काठमाडौ । कृषि विज्ञका रूपमा परिचित मदन राई खोटाङमा शुभद्रा मदन फाउन्डेसन चलाउँछन् । त्यहाँ बालबालिकाहरु होस्टेलमा बसेर पढ्ने गर्छन् । ठाउँ ठाउँमा आफ्ना अनुभव बाँड्दै हिड्ने राई सामाजिक सञ्जालमा अपाच्य अश्लिल शब्दहरु बारम्बार लेखिरहन्छन् ।


त्यतीसम्म त मानिसहरुले आँखा चिम्लिदिएका थिए । तर यसैबिचमा उनले बालिकाहरुलाई दुव्र्यवहार गर्ने गरेको खुलासा भएको छ । सेतोपाटी अनलाइनले पिडित किशोरीहरु तथा प्रत्यक्षदर्शीहरुसँग कुरा गरेर लामो रिपोर्ट प्रकाशन गर्दै त्यहाँ बस्ने बालिकाहरुले आफूहरुलाई बारम्बार दुव्र्यवहार गरेको आरोप लगाएको उल्लेख गरेको छ ।


फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले बालिकाहरुका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, सबैको अगाडी कपडा खोलेर नाङ्गै हुने त्यहाँ पढ्ने किशोरीहरूले बताएका छन् ।


फाउन्डेसनले खोटाङको जनजागृति उच्च माध्यमिक विद्यालय व्यवस्थापन र सञ्चालन गर्दै आएको छ । यो सामुदायिक स्कुल हो । स्कुलको सहमतिमा नौ वर्षअघि फाउन्डेसनले यसको जिम्मा लिएको हो। त्यहाँ अध्ययनरत अधिकांश विद्यार्थी फाउन्डेसनकै होस्टलमा बस्छन्। त्यहाँ बस्ने पूर्व शिक्षक तथा मेन्टरहरूले पनि मदन राईले किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको पुष्टि गरेका छन्।


बालिकाहरुले आफ्ना बाबुआमाहरुलाई त्यहाँ भइरहेको दुव्र्यवहारबारे भन्न नसकेको गुनासो गरेका छन् । राईले आफूसँग फलानो फलानो पनि सुतेकी थिइ, उसलाई सेक्स गर्न सिकाएको थिएँ, तिमी पनि सिक, सिक्नुपर्छ, म सिकाउँछु भन्दै दुव्र्यवहार गर्ने, स्तन समात्ने, गोप्य अंगमा रौं आए नआएको, महिनावारी भए नभएको सोध्ने र यौनाङ्गहरुलाई .... भन्नुपर्छ भनेर अश्लिल शब्दहरु जबरजस्ती भन्न लगाउने गर्छन् । 


राई एसेम्बलीमै नाङ्गै भएर शरीरका विभिन्न अंगहरुको अश्लिल नाम आफूले पनि बोल्ने र विद्यार्थीहरुलाई पनि दोहोर्याउन लगाउने गरेको खुलेको छ । नभन्ने वा अफ्ठेरो मान्नेहरुलाई उनी गाली गर्छन् । सबैका अगाडी यौनसम्पर्क गरेजस्तो हातको हाउभाउबाट पनि देखाउने गरेको र आफूहरुलाई अफ्ठेरो लाग्ने गरेको किशोरीहरुले बताएका छन् । 


फाउन्डेसनमा राईसँगै पेशल कार्की भन्ने मेन्टरले पनि दुव्र्यवहार गर्ने गरेको गुनासो गरेका छन् । छातीमा हात हाल्ने, गालामा म्वाइ खाने, पछाडिबाट छोइदिने, चिमोट्ने, छातीमा हात हाल्ने गरेको गुनासो किशोरीहरुको छ ।


राईले विवाह नगर्नु, सेक्स गर्नु भनेर छात्रहरुलाई उक्साउँथे । उनको उक्साहटमा छात्रहरुसमेत अश्लिल हर्कत गर्न थालेको उनीहरुले खुलासा गरेका छन् । 


यसबारे सेतोपाटीले मदन राईलाई पनि सोधेको छ । राईले आफूले यौन खुला हुनुपर्छ भन्ने विश्वास गर्ने भएकाले केटाकेटीहरूका संवेदनशील अंगमा छोइदिने गरेको स्वीकार गरे । यो कुराका लागि आफू जेल जान र अदालतमा गएर बहस गर्न पनि तयार भएको पनि उनले बताए । सेतोपाटीका सञ्चारकर्मीसँग फोनमा कुरा गर्दा पनि अश्लिल शब्दहरु पटक पटक बोलेका थिए । 


बालबालिका ऐन २०७५ को दफा ६६ को उपदफा ३ ले बाल यौन दुर्व्यवहार भनेर मानेका कार्यहरु मदन राईले गर्दै आएका छन् । बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने कार्यलाई बाल यौन दुर्व्यवहार गरेको मानिन्छ । यस्तै यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने कार्यलाई पनि बाल यौन दुर्व्यवहार गरेको मानिन्छ भने यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने कार्य पनि कानुनले यौन दुर्व्यवहार भनेको छ।


यी कार्य गर्नेलाई कानुनले ७५ हजार रूपैयाँ जरिवानादेखि ३ वर्षसम्म कैद सजाय तोकेको छ।

सेतोपाटीको रिपोर्ट पढ्न यहाँ क्लिक गर्नुहोस्