शेयर बजारमा ३१ अंकको गिरावट

न्युजलय २१ बैशाख २०७९, बुधबार ०९:५४ मा प्रकाशित

काठमाडौं । साताको चौथो दिन बुधबार(आज) शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । 

नेप्से परिसुचक आज ३१ दशमवल ७६ अंकले घटेर २२ सय ७५ दशमलव ६८ विन्दुमा थामिएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव ९० अंकले घटेर ४३६ दशमलव ६८ विन्दुमा रोकिएको हो ।

आज २३३ कम्पनीको १ अर्ब २७ करोड ९२ लाख १९ हजार ४२१ रुपैयाँ बराबरको ३४ लाख २ हजार ८ सय ४८ कित्ता शेयर खरिद बिक्रि भएको छ ।