मेष । रोकिएका कामहरू पुनः सुरु गर्ने अवसर मिल्नेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्ने भएकाले तयारीको साथ अगाडि बढ्नु लाभदायी रहनेछ। आर्थिक पक्षमा सुधार आउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
वृष । धैर्य र संयम अपनाएर दिनलाई झन् सहज बनाउन सकिनेछ। अरुको लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला। अनावश्यक खर्चमा नियन्त्रण गर्नु राम्रो हुनेछ। आध्यात्मिक ज्ञानलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
मिथुन । नयाँ विचार र योजनाले कार्यक्षेत्रमा प्रगति दिलाउनेछ। आर्थिक पक्षमा सामान्य लाभ हुने संकेत छ। सामाजिक तथा पेशागत क्षेत्रमा सक्रियता बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
कर्कट । अध्ययन र प्रस्तुतिकरण जस्ता विषयहरूमा सफलता हाथ लाग्नेछ। समय व्यवस्थापन गर्दा धेरै काम एकैपटक सम्पादन गर्न सकिनेछ। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
सिंह । कार्यक्षेत्रमा मेहनतको उचित मूल्यांकन प्राप्त हुनेछ। व्यावहारिक पक्ष राम्रो रहनेछ। उच्च शिक्षालाई लिएर नयाँ योजनाहरू बन्नेछन्। सांस्कृतिक संघ समारोहमा सम्मिलित भइएला। आजको शुभ रंग केसरी हो भने शुभ अंक १ रहेको छ।
कन्या । कार्यक्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। नोकरी वा पेशामा प्रतिस्पर्धीहरूको चलखेल बढ्नेछ। नयाँ लगानी लगाउन उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। अनावश्यक खर्चबाट जोगिनुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।
तुला । कार्यक्षेत्रमा योजना बनाएर काम गर्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा जीवनसाथीको साथ पाइनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। नयाँ जिम्मेवारीलाई सहज रुपमा सम्हाल्न सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक । मानसिक रूपमा शान्त रहने प्रयास गर्नुहोस्। अनावश्यक रिस र संयमताको कमीले हाथमा आएको अवसर गुमाउनु पर्ला। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आर्थिक रूपमा संयमता कायम राख्नुपर्ने देखिन्छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।
धनु । अध्ययन र ज्ञान प्राप्तिमा सफलताका संकेत छन्। मनमा परोपकारको भावना जागृत हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। प्रतिस्पर्धाको दौडमा सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मकर । मेहनतले भविष्यको बाटो सच्याउने समय रहेको छ। स्वास्थलाई लिएर खानपिनमा विशेष ध्यान दिनुहोला। परिवार वा आफन्तहरूको मध्य कुनै कुरालाई लिएर असमझदारी बढ्नेछ। आश्वासन मात्र दिनेहरूले झुक्याउन सक्लान् सचेत रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ । सामाजिक तथा व्यावसायिक कार्यमा विस्तार हुने सम्भावना देखिनेछ। दाजुभाईको मध्य आत्मीयता बढ्नेछ। धैर्य र मेहनतले सफलता नजिक ल्याउनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ६ रहेको छ।
मीन । राजनीतिक क्षेत्रमा प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ। बोलिको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ। संचित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
स्रोत हाम्रोपात्रो