सुनको भाउ बढ्यो

न्युजलय १० फाल्गुण २०८२, आइतबार ११:११ मा प्रकाशित

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ हजार ६ सय रूपैयाँले बढेर ३ लाख १० हजार ३ सयमा कारोबार भइरहेको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३ सय ७५ रूपैयाँले बढेर चाँदी ५ हजार ४ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।