शेयर बजार मङ्गलबारदेखि मात्रै खुल्ने

न्युजलय ३ मङ्सिर २०७९, शनिवार १२:२१ मा प्रकाशित

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार अब मङ्सिर ६ गते मङ्गलबारदेखि मात्रै हुने भएको छ । आज शुक्रबार कारोबार बन्द छ ।


शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले शेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । मङ्सिर ४ गते आइतबार प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुँदैछ । सरकारले चुनावलाई केन्द्रमा राखेर ४ र ५ गते सार्वजनिक बिदा दिएको छ । त्यस कारण शेयर कारोबार पनि ती दिनमा नहुने भएको हो ।


मङ्सिर १ गते बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अङ्कले बढेर एक हजार नौ सय ३६ दशमलव ८३ विन्दुमा पुगेको थियो । बिहीबारको कारोबारपछि बजार पुँजीकरण २७ खर्ब ८६ अर्ब दुई करोड ३४ लाख रुपैयाँ बराबर रहेको थियो ।