नयाँ दिल्लीमा चिसोले रेड अलर्ट जारी, विद्यालय बन्द

न्युजलय २५ पुस २०७९, सोमबार ०९:२१ मा प्रकाशित

नयाँ दिल्ली । अहिलेसम्मकै धेरै चिसो र शीतलहरका कारण भारतको दिल्ली सरकारले राज्यका सबै निजी विद्यालयहरू जनवरी १५ सम्म बन्द गर्ने भएको छ ।

दिल्लीमा आइतबार न्यूनतम तापक्रम १.९ डिग्री सेल्सियस थियो। शनिबार भारतीय मौसम विभागले आगामी २४ देखि ४८ घण्टाका लागि रेड अलर्ट जारी गर्दै दिल्लीलगायत उत्तर भारतका धेरै ठाउँमा चिसो बढ्ने चेतावनी दिएको थियो । 

हुस्सुका कारण रेल तथा हवाई यातायात प्रभावित भएको छ । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान विहान साढे २ बजे देखि साढे ११ बजेसम्म कुहिरोका कारण धेरै उडान रद्द गर्नुपरेको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी दुई दिनसम्म उत्तरपश्चिम भारतमा चिसोको यस्तै अवस्था जारी रहनेछ । चिसोका कारण बृद्धबृद्धा र मुटु रोग लागेकाहरुमा आक्रमणको जोखिम बढेको छ ।