उत्तराखण्ड । सुरुङको केही भाग भत्किएपछि सडक सुरुङमा फसेका ४१ जनालाई उद्धार गर्ने प्रयास रोकिएको छ । उत्तराखण्डमा निर्माणाधीन सुरुङमा एक सातादेखि फँसेका कामदारहरुलाई भारतीय उद्धारकर्ताहरूले निकाल प्रयास गरेपनि असफलता हात लागेको हो ।
एक हप्ता लामो उद्धार कार्यका क्रममा जमिन भासिएर ठूलो मात्रामा ढुङ्गा र माटो निरन्तर खसेपछि र महत्वपूर्ण हेभी ड्रिलिङ मेशिनहरू बारम्बार बिग्रिएका छन् ।
उद्धारकर्ताहरूले रेडियोको प्रयोग गरेर फसेका व्यक्तिहरूसँग कुराकानी गरिरहेका छन् । खाना, पानी, अक्सिजन र औषधि पाइपमार्फत पठाइरहेका छन् ।
उद्धार कार्य नै जोखिमपूर्ण बनेपछि भारतीय अधिकारीहरु चिन्तित बनेका छन् ।