अमेरिकामा दिउँसै अँध्यारो हुने गरी सूर्यग्रहण लाग्दै

न्युजलय २५ चैत २०८०, आइतबार १२:२६ मा प्रकाशित

काठमाडौं । अप्रिल ८ तारिख अर्थात् चैत २६ गते अमेरिकामा खग्रास सूर्यग्रहण लाग्दै छ । यस दिन अमेरिकामा दिउँसै अँध्यारो हुने खगोलविदहरुले बताएका छन् ।

तर नेपालबाट भने सूर्यग्रहण देखिने छैन ।  मेस्किको, क्यानडा लगायतका ठाउँमा यसको प्रभाव देखिन्छ तर नेपालसहित एसियाली मुलुकमा भने सूर्यग्रहणको असर नदेखिने बताइएको छ ।