काठमाडौँ । मंगलबार(आज) सेयर बजारमा कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ ।
सोमबार ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्बमा खुम्चियो । कारोबार रकम घटे पनि परिसूचक भने ८.१४ अंकले बढेको छ ।
सो अंकको वृद्धिपछि नेप्से २१७३ अंकमा कायम भएको छ । कुल १०९ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने १० को स्थिर रहृयो । बैंकिङ उपसमूह २ तथा उत्पादन ३ अंक घटे ।
विकास बैंक ९, फाइनान्स ७७, होटल तथा पर्यटन १०, जलविद्युत् २८, जीवन बीमा १, माइक्रोफाइनान्स ४, निर्जीवन बीमा ६०, अन्य ३९ र ब्यापार उपसमूह ४ अंक बढे ।