काठमाण्डौ । भारतमा पछिल्लो २४ घन्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यसैगरी ३ हजार ३२५ नयाँ संक्रमित थपिएका छन्।
अहिलेसम्म कोरोना संक्रमणबाट ५ लाख ३१ हजार ५६४ को मृत्यु भइसकेको छ भने संक्रमितको संख्या साढे ४ करोड पुगेको छ।
भारतमा कोभिडविरुद्धको खोप अभियान पनि जारी छ। अहिलेसम्म २ करोड २० लाखले मात्र कोभिड खोप लगाएका छन्।