जापानमा ५ जना नेपालीको मृत्यु

न्युजलय १० माघ २०७९, मङ्गलबार ११:५७ मा प्रकाशित

 काठमाण्डौ । जापानको फुकुओकामा एक नेपाली युवाको असामयिक निधन भएको छ । गुल्मी घर भई हाल जापान बस्दै आएका २० वर्षीय युवकको निधन भएको हो ।

उनी गुल्मी नेपालबाट जापानमा तीन वर्षअघि आएका थिए । यहीँ जनवरी १७ तारिकबाट सम्पर्कविहिन भएका उनी आइतबार मृत फेला परेका थिए । उनका साथीहरूका अनुसार उनले आत्महत्या गरेका हुन् ।

उनले गत वर्ष ओसोजमा नेपाल गएर विवाह समेत गरेको बुझिएको छ । केहीँ समयदेखि जीवन र परिवारका बारेमा दिक्कदारी बताउँदै आएका उनले के कारणले यस्तो अप्रिय निर्णय गरे भन्नेबारे कुनै कारण खुलेको छैन ।

उनको मृत शवलाई जापान प्रहरीले लिएको छ । परीक्षण पश्चात् जापानस्थित नेपाली राजदूतबासमार्फत शव नेपाल पठाइने उनी अध्ययनरत विद्यालयले जानकारी दिएको छ ।

जापानमा जनवरी तेस्रो साता नबित्दै पाँच जनाको निधन भएको छ । २०२३ को पहिलो महिनाको तेश्रो साताभित्रै पाँच जना नेपालीको मृत्यु भएको हो ।