दिल्ली । भारतमा टमाटरको भाउ आकासिएको छ । बाढीपहिरोले उत्पादन र सप्लाई बन्द भएपछि टमाटरको मूल्य बढेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
समाचारमा जनाइएअनुसार भारतको चण्डीगढमा टमाटरको मूल्य प्रतिकिलो ३५० भारुसम्म किनबेच भएको छ । टमाटरको मूल्य आकासिँदै गएपछि सरकारले घटाउनेतर्फ योजना बनाउन थालेको छ । केही ठाउँमा सरकारी समन्वयमा बजार भाउभन्दा सस्तोमा टमाटर बिक्री गरिएको समाचारमा उल्लेख छ ।
भारतीय राष्ट्रिय सहकारी उपभोक्ता संघले ९० भारुमा टमाटर बेच्न थालेको छ ।