काठमाडौं । बुल्गेरिया सरकारले शुक्रबार एक ट्रकमा १८ आप्रवासीको शव फेला पारेको जनाएको छ।
त्यहाँ रहेका २२ जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ । उनीहरूलाई अवैध रुपमा बुल्गेरिया लगिएको पाइएको छ।
स्थानीय प्रहरीलाई अज्ञात ट्रक आएको थाहा पाएपछि गाउँका बासिन्दाले जानकारी दिएका थिए । प्रहरीले चारैतिर शव छरिएको देखेका थिए ।
ट्रकमा ५२ जना आप्रवासी रहेको अनुसन्धानबाट खुलेको छ । जसलाई बुल्गेरिया ल्याइएको थियो। ट्रकमा ससना डिब्बा बनाएर सबै मान्छे राखिएको भेटिएको छ।
त्यहाँका स्वास्थ्यमन्त्रीका अनुसार अधिकांशको मृत्यु निस्सासिएर र भोकमरीका कारण भएको हो । ती व्यक्ति अफगानिस्तानका रहेका र मृत्यु हुनेमा एक बालक पनि भएको पाइएको छ।
न्यूयोर्क पोस्टको रिपोर्टका अनुसार उक्त ट्रक बुल्गेरियाको राजधानी सोफियाबाट केही दूरीमा भेटिएको थियो । जब प्रहरीले ट्रकमा रहेको मानिस राखिएका डिब्बामा जोडले हिर्काउन थालेपछि ट्रकका चालक भने फरार भएका छन् ।
ट्रक फेला पर्नुभन्दा १० देखि १२ घण्टा अघि मानिसहरूको मृत्यु भएको समाचारमा जनाइएको छ। घटना अनुसन्धानका लागि बुल्गेरियाका ४ जनालाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।