काठमाडौं । अमेरिकाको इलोनोई राज्यमा धूले आँधी आउँदा कम्तीमा ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
इन्टरस्टेट ५५ हाईवेमा धूलोका कारण ७० वटा गाडीहरू जुधेका थिए । स्थानीय समयअनुसार सोमवार बिहान ११ बजे हालै हलो चलाइएका खेतबाट आएको आँधीका कारण हाईवेमा गाडीहरू ठोकिएका थिए ।
६ जनाको मृत्यु हुनुको साथै ३७ जना घाइते भई अस्पतालमा भर्ना भएका छन् । तीमध्ये केहीको स्थिति चिन्ताजनक रहेको बताइएको छ ।
धूले आँधीका कारण ठोकिएर दुईवटा सेमीट्रमा आगो समेत लागेको थियो ।