अष्ट्रेलियामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

न्युजलय २९ जेठ २०८०, सोमबार ०१:५९ मा प्रकाशित

  काठमाडौं । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको हन्टर भ्याली क्षेत्रमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । 

सो घटनामा परेर ११ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा १० जनाको मृत्यु भएको र ११ जनालाई हेलिकप्टर र सडकबाट अस्पताल लगिएको थियो । साथै, १८ यात्रु भने सो दुर्घटनाबाट जोगिएका छन् ।

प्रहरीका अनुसार घटनापछि आपत्कालीन सेवालाई घटनास्थलमा बोलाइएको थियो । त्यसपछि ठूलो आपत्कालीन अपरेशन सुरु गरिएको थियो।