सुपर मादी हाइड्रोको आईपीओ खुल्यो

न्युजलय ९ माघ २०७९, सोमबार ०६:४० मा प्रकाशित

काठमाडौँ । सर्वसाधारणका लागि सुपर मादी हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ ।

अंकित मूल्य १ सयका दरले सर्वसाधारणका लागि कुल १७ लाख ४३ हजार कित्ता आईपीओमा आवेदन खुला भएको छ ।

कम्पनीले यसअघि नै वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरिसकेको छ । माघ १२ गतेसम्म आवेदन दिन सकिने छ । न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मे आवेदन दिन सकिनेछ । 

यस कम्पनीले कास्की जिल्लामा मादी गाउँपालिकाको सिमाना भएर बग्ने मादी नदीको वहाव प्रयोग गरी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

४४ मेगावाट क्षमताको यस आयोजना २०७५ जेठदेखि निर्माण सुरु भएको हो । हालसम्म आयोजनाको भौतिक प्रगति ९४ प्रतिशत सकिएको कम्पनीको दाबी छ ।