काठमाडौं । टर्की र सिरियाको सीमा क्षेत्रमा आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४१ हजार नाघेको बीबीसीले जनाएको छ ।
भग्नावशेषमा पुरिएका केहीलाई एक हप्तापछि पनि जीवितै फेला पारिएको छ । उद्धारकर्ताले मंगलबारमात्रै नौ जनालाई जीवितै उद्धार गरेका थिए ।
बालबालिकाको क्षेत्रमा क्रियाशील संयुक्त राष्ट्रसंघको संस्था युनिसेफले टर्कीमा साढे चार लाख र सिरियामा साढे २ बालबालिकाहरु भूकम्पबाट प्रभावित भएको अनुमान गरेको छ ।
गत सोमबार टर्की र सिरियाको सिमानामा पर्ने टर्कीको गाजियानटेप भन्ने स्थानमा केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
लगत्तै ७.५ रेक्टरको परकम्प गएको थियो । भूकम्पमा परेकाहरुको खोज तथा उद्धारकार्य जारी छ ।