लागोस । नाइजेरियाको उत्तरी राज्य कादुनामा भएको भीडन्तमा नाइजेरियाली सेनाले ११ बन्दुकधारी मारेको सुरक्षा अधिकारीले आइतबार पुष्टि गरेका छन्।
कादुना राज्य आन्तरिक सुरक्षा तथा गृह मामिलाका आयुक्त शमुएल अरुवानले जनाएअनुसार क्लियरेन्स अपरेसनमा सेनाले राज्यको बिर्निन ग्वारी स्थानीय सरकारी क्षेत्रका थुप्रै स्थानहरूका डाकु शिविरहरू नष्ट गरेको छ ।
११ जना डाकुहरू मारिएको र दुईवटा एके ४७ राइफल र त्यसमा प्रयोग हुने म्यागजिनका साथै ५७ राउन्ड गोला बारुद बरामद गरिएको सेनाले जनाएको छ ।
पछिल्ला केही महिनाहरूमा उत्तरी नाइजेरियाले यस्ता थुप्रै आक्रमणहरू भोग्न वाध्य भएका छन् जसले धेरै मानिसहरूलाई बन्धक समेत बनाएको छ।