पाकिस्तानमा आतङ्कवादी र प्रहरीबीच भएको झडपमा चार प्रहरीको मृत्यु

न्युजलय २८ चैत २०७९, मङ्गलबार ०१:४९ मा प्रकाशित

काठमाडौँ । दक्षिण पश्चिम पाकिस्तानमा आतङ्कवादीसँग भएको झडपमा परी चार जना प्रहरीको मृत्यु भएको छ । 

बलुचिस्तान प्रान्तमा आतङ्कवादीसँग भएको झडपमा चार जना प्रहरीले ज्यान गुमाएको पाकिस्तानका कानून कार्यान्वयन निकायले जनाएका छन् ।

प्रान्तीय राजधानी क्वेटामा आतङ्कवादी गतिविधिबारे गुप्तचर सूचना पाएपछि प्रहरीले खोजी अभियान चलाइरहेका बेला दुई पक्षबीच गोली हानाहान भएको थियो । 

त्यसक्रममा दुई जना प्रहरीको घटनास्थलमै मृत्यु भएको तथा अन्य दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले विद्रोहीतर्फ भएको क्षतिबारे जानकारी दिएको छैन ।