दक्षिणी चीनमा राजमार्ग भासिँदा १९ जनाको मृत्यु

न्युजलय १९ बैशाख २०८१, बुधबार ०४:३७ मा प्रकाशित

काठमाडौँ ।  दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भासिँदा कम्तीमा १९ जनाको मृत्यु भएको अल जजिराले जनाएको छ ।

मेजियु शहर र दाबु काउन्टीबीचको एस–१२ राजमार्गको १७।९ मिटर सडकखण्ड बुधबार बिहान भासिएको र उक्त घटनामा कम्तीमा १८ सवारी साधनहरू फसेको थिए । 

उक्त घटनामा १९ व्यक्तिको मृत्यु भएको पुष्टि भएको र ३० जनाले अस्पतालमा आपतकालीन सेवा लिइरहेका छन् । अधिकारीहरूका अनुसार उपचारका लागि अस्पताल लगिएका मानिसहरू हाल जोखिममुक्त रहेका बताइएको छ । 

स्थानीय सञ्चारमाध्यमहरूले दिएको समाचार र अनलाइनमा प्रसारित भिडियोहरूले गहिरो खाडलबाट आगो र धुवाँ निस्किरहेको देखाएका छन् । राजमार्ग भासिएर परेको उक्त खाडलमा कारहरू खसेको बताइएको छ । 

अहिले करिब ५०० जना उद्धार कार्यका लागि घटनास्थलमा रहेका छन् ।