सुनको मूल्यमा गिरावट

न्युजलय ११ माघ २०७९, बुधबार ०५:४८ मा प्रकाशित

काठमाडौं । सुनको मूल्यमा सामान्य गिरावट भएको छ । मंगलबार प्रतितोला एक लाख ६ हजार तीन सय रुपैँया पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज एक सय रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार दुई सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार सात सय रुपैयाँ रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।