पश्चिमी हाइटीमा ४.९ म्याग्निच्युडको भूकम्प

न्युजलय २४ जेठ २०८०, बुधबार ०५:४९ मा प्रकाशित

काठमाडौं । पश्चिमी हाइटीमा ४.९ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् ।

राजधानी पोर्ट–ओ–प्रिन्सबाट करिब ३०० किलोमिटर (१८६ माइल) पश्चिममा रहेको ग्रान्ड’आन्से विभागमा मंगलबार बिहान भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

ग्रान्ड एन्सेको नागरिक सुरक्षा एजेन्सीका प्रमुख क्रिस्टिन मोनक्वेलले एउटै परिवारका तीनजनाको मृत्यु भएको बताएका छन् ।