फिजीमा ६.३ म्याग्निच्युडको भुकम्प

न्युजलय ५ बैशाख २०८०, मङ्गलबार ०२:२० मा प्रकाशित

एजेन्सी । फिजीमा मंगलबार(आज) शक्तिशाली भुकम्प गएको छ । ६.३ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फिजी दक्षिण प्रशान्त महासागरको एउटा देश हो । यो १०० भन्दा बढी टापुहरूको द्वीपसमूह हो ।

बिहान १० बजेतिर भूकम्प गएको एनसीएसले जनाएको छ । यसको केन्द्र पृथ्वी मुनि ५६९ किलोमिटर गहिराईमा थियो । हालसम्म कोही हताहत भएको जानकारी आएको छैन् ।