काठमाडौँ । मालीमा बस पल्टिएर पुलबाट झर्दा ३१ जनाको मृत्यु भएको छ । यो घटना मंगलबार साँझको हो । केनिएबाबाट बुर्किना फासो जाँदै गरेको बस बागोए नदीमाथिको पुलबाट झरेको थियो ।
यो घटनामा कम्तीमा १० जना घाइते भएको बताइएको छ । यी मध्ये केहीको अवस्था गम्भीर भएको बताइएको छ । चालकले बस नियन्त्रण गर्न नसक्दा यो घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन् । घटनाको विस्तृत विवरण आइसकेको छैन ।