झापामा नक्कली सुन देखाएर ठगी गर्ने बिक पक्राउ

न्युजलय २० माघ २०८२, सोमबार १२:११ मा प्रकाशित

दमक  । झापाका विभिन्न ठाँउमा गएर नक्कली सुन देखाएर आफूलाई अप्ठ्यारो परेको र उपचारका लागि रकम अभाव भएको भन्दै ठगी गर्दै हिड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

उदयपुर चौदण्डीगढी नगरपालिका –३ बस्ने ४३ वर्षीय जितबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर बजारमा रहेको भोजपुर ज्वेलर्समा बिकले सुन जस्तो देखिने पहेलो धातु धरौटी राख्न खोजेपछि यो रहस्य खुलेको हो । 

यसभन्दा अघि बिर्तामोडमा पनि बिक यस्तो कार्यमा संलग्न रहेको पाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

ज्वेलर्सका सञ्चालकले शंका लागेर प्रहरीलाई खबर गरेपछि प्रहरीले बिकको साथबाट नक्कली सूनको गहना सहित नियण्त्रणमा लिएर आवश्यक कार्वाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।