इस्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट

न्युजलय १७ कार्तिक २०७९, बिहिबार ०४:०९ मा प्रकाशित

काठमाडौं । इस्टर्न हाइड्रोपावरको आइपीओ बिहीबार(आज) बाँडफाँट भएको छ । 

यसमा कुल ६२ हजार ५१९ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीका कर्मचारीहरुबाट १ हजार ८०१ कित्ता सेयरका लागि आवेदन नपरेपछि उक्त सेयर पनि सर्वसाधारणलाई थप गरी बाँडफाँट गरिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी गराएको छ । 

आइपीओमा कुल १३ लाख ५८ हजार २२० जनाले आवेदन दिएकामा १ हजार ९९६ जनाको आवेदन रद्द भएको थियो ।

 इस्टर्नले असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म कुल ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गरेको थियो । 

 आइपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट र निष्कासनकर्ता इस्टर्न हाइड्रोपावरको वेबसाइटबाट हेर्न सकिनेछ ।