ताइवानमा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प

न्युजलय २९ मङ्सिर २०७९, बिहिबार ०२:१६ मा प्रकाशित

  काठमाण्डौ  । ताइवानको पूर्वी तटमा बिहीवार(आज)  ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । 

भूकम्पपछि धेरै हल्का परकम्पनहरू गएको टापुको मौसम विभागले जनाएको छ। ह्वालियन काउन्टीको तटबाट झण्डै ३० किलोमिटर टाढा छ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गएको विभागले जनाएको हो ।   

भूकम्पपछि अहिलेसम्म आठ वटा परकम्पन गएको रोयटर्समा उल्लेख छ । आउँदो तीन दिनमा थप परकम्प आउने अनुमान रहेको बताइएको छ ।

ताइवानको सबवे र रेलवे अधिकारीहरूले दुवै रेलहरू कम गतिमा चलिरहेको तर सेवाहरू नरोकिएको जानकारी दिएका छन् ।