भारतमा कोरोना संक्रमण बढ्यो, २४ घन्टामा १२ जनाको मृत्यु

न्युजलय २७ चैत २०७९, सोमबार ११:२३ मा प्रकाशित

काठमाण्डौ । भारतमा एकैदिन कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको हो। सोही अवधिमा ५ हजार ८८० जना नयाँ संक्रमित थपिएका छन्।

भारतमा दैनिक संक्रमण दर ६.९१ प्रतिशत पुगेको छ। प्रत्येक १०० परीक्षणमध्ये करिब ७ जनामा रिपोट पोजिटिभ आएको हो। पछिल्लो  २४ घन्टामा दिल्लीमा ३३०५ नमूना परीक्षणमा ६९९ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

महाराष्ट्रमा ७८८ बिहारमा ४२ हिमाचलमा १३७ र राजस्थानमा १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय मिडियामा समाचार प्रकाशित छ।

भारतमा ३८ प्रतिशत केस नयाँ भेरियन्ट एक्सबीबी वान सिक्टिनको पाइएको छ।