काठमाडौं । पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टोको विरोधमा भारतीय जनता पार्टीले आज शनिबार देशव्यापी विरोध प्रदर्शन गर्नेभएको छ । विरोधका क्रममा विदेशमन्त्री भुट्टोको पुतला दहन गरिने छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा पाकिस्तानी विदेशमन्त्री भुट्टोले आफ्नो अभिव्यक्ति दिएको सो दलले आरोप लगाएको छ । पाकिस्तानको सम्बन्ध विश्व राजनीतिसँग बिग्रदै गएको र त्यहाँ आतंकवादीको गढ बन्दै गएको भन्दै त्यस्तो अभिव्यक्ति नदिन पनि सचेत गराएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको सम्बन्ध विश्वका सबै देशबाट बनिरहेका बेला हतास भएर पाकिस्तानी विदेशमन्त्रीको पछिल्लो अभिव्यक्ति आएको भाजपाले टिप्पणी गरेको छ । पाकिस्तानलाई आफ्नो मानसिकता बदल्न आग्रह गरेको छ ।