गुगलमा आर्थिक मन्दीको असरः १२ हजार कर्मचारी कटौती

न्युजलय ८ माघ २०७९, आइतबार ११:२३ मा प्रकाशित

काठमाडौं  । गुगलको माउ कम्पनी अल्फाबेटले १२ हजार कर्मचारी कटौती गर्ने भएको छ।

संसारभरि ‘टेक कम्पनी’ हरुमा कर्मचारी कटौती गर्ने सिलसिला हाल नरोकिने देखिएको छ। केही समययता मेटा, अमेजन, माइक्रोसफ्ट लगायतका ‘टेक जायन्ट’हरूले निरन्तर खर्च कटौती गर्न कर्मचारी घटाउँदै आएका छन्। 

भर्खरै मात्रै माइक्रोसफ्टले १० हजार र अमेजनले १८ हजार जनाको जागिर कटौती गर्ने घोषणा गरेको थियो। 

गुगल र अल्फाबेटका सीईओ सुन्दर पिचाईले आन्तरिक इमेलमा कटौतीको ‘पूर्ण जिम्मेवारी’ लिएको बताएका छन्। यस कटौतीमा मुख्यतः मानव संसाधन र ईन्जिनियरिङ युनिटका कर्मचारीहरु पर्ने भएका छन्।