रुसले फस्फोरस बम प्रयोग गरेको आरोप

न्युजलय २४ बैशाख २०८०, आइतबार ०७:२९ मा प्रकाशित

काठमाडौं । रुसले फस्फोरस बमले आफूमाथि आक्रमण गरेको आरोप युक्रेनले लगाएको छ । एक भिडियो फुटेज सार्वजनिक गर्दै यस्तो आरोप लगाएको हो । भिडियोमा आगो भयंकर ठूलो लागेको र फसफोरस जस्तै देखिने सेतो रंगको पाउडर खसेको देखिन्छ ।

सेतो फस्फोरसमा प्रतिबन्ध छैन तर आम जनतामा यसको प्रयोग गर्नु युद्ध अपराध मानिन्छ ।

रुसले केही महिनायता बखमुतमा कब्जा गर्ने कोसिस गर्दै आएको छ । यो कोसिसमा हजारौं रुसी सैनिक मारिएको अनुमान पश्चिमी देशले गरेका छन् । युक्रेनको रक्षा मन्त्रालयले रुसले कब्जा गर्न नसकेका बखमुतका क्षेत्रमा आगो लगाउने हतियारको प्रयोग गरेको जनाएको छ ।