कश्मिरमा चार दिनदेखि भिडन्त, थप एक सेनाा मारिए

न्युजलय २९ भदौ २०८०, शुक्रबार १२:३५ मा प्रकाशित

काठमाडौँ । भारतको कश्मिरस्थित अनन्तनागमा चार दिनदेखि चरमपन्थी र सुरक्षाकर्मीबीच भिडन्त जारी छ।

अनन्तनागको गडुल कोकेरनागमा चौथे दिन शुक्रबार पनि बिहानैदेखि भिडन्त चलिरहेको छ। 

बिहीबार चरमपन्थीको गोली लागेर एकजना जवान घाइते भएका थिए। समाचार अनुसार घाइते ती जवानको मृत्यु भएको छ। 

स्थानीय प्रहरीका अनुसार दुईदेखि तीनजना चरमपन्थीको समूह राजौरीसम्म फैलिएको पिर पञ्जालको घना जंगलमा लुकेका छन्। 

उनीहरुकै हमलामा बुधबार भारतीय सेनाका कर्णेल मनप्रीत सिंह, मेजर आशीष धौन्चक र जम्मु–काश्मिर पुलिसका डीएसपी हुमान्यू भट मारिएका थिए।