थाइल्यान्डमा पटका गोदाममा विस्फोट हुँदा नौ जनाको मृत्यु, सय जना बढी घाइते

न्युजलय १४ साउन २०८०, आइतबार ०७:१४ मा प्रकाशित

  काठमाडौँ । थाइल्यान्डको एक पटाका गोदाममा भएको विस्फोटमा परि नौ जनाको ज्यान गएको छ ।

घटनामा एक सय जनाभन्दा धेरै व्यक्ति घाइते भएका प्रहरी वरिष्ठ अधिकारीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक सहरमा भवन निर्माणको काम भइरहेका बेला वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ । नारथिवाटका गभर्नर सेनन पोङ्गाकसोर्नले पटाका भण्डारण गर्ने गोदाममा विस्फोट भएको र एक सय १५ जना घाइते भएका बताए । 

उनीहरुको उपचार भैरहेको छ । गोदाममा लागेको आगो निभाइएको छ । विस्फोटका कारण थुप्रै घर, पसल र गाडीमा पनि क्षति पुगेको छ ।