म्यानमारमा हवाई आक्रमणबाट एक सय जनाको मृत्यु

न्युजलय २९ चैत २०७९, बुधबार १२:३६ मा प्रकाशित

काठमाडौँ । म्यानमारमा सेनाको हवाई आक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय पुगेको छ ।

म्यानमारको सेनाको जेट विमानबाट सागिङ क्षेत्रमा गरेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय पुगेको हो ।

सागिङ क्षेत्रमा महिला र बालबालिका सहभागी भएको कार्यक्रममा भएको आक्रमणबाट प्रारम्भिक मृत्यु हुनेको संख्या ५३ पुगेको बताइए पनि पछि स्वतन्त्र सञ्चारमाध्यमहरूले दिएको रिपोर्ट गरेअनुसार यो संख्या एक सय पुगेको हो ।

म्यानमारको वायुसेनाले कार्यक्रम लक्षित गरी हेलिकप्टरबाट बम खसालेको जुन्ता शासनको विरोध गर्न गठन गरिएको राष्ट्रिय एकता सरकारका कार्यवाहक अध्यक्ष दुवा लाशी लाले बताए ।

म्यान्मारमा सेनाले सन् २०२१ को फेब्रुअरीमा सत्ता कब्जा गरेदेखि विपक्षीविरुद्ध आक्रमण गर्ने गरेको छ ।