काठमाडौं । दक्षिण अफ्रिकाको पूर्वी क्वाजुलु–नाताल प्रान्तको पिटरमारिट्जबर्ग सहरमा रहेको एउटा घरमा भएको गोलीकाण्डमा सात महिला र एक बालकसहित एकै परिवारका १० जनाको मृत्यु भएको छ ।
प्रहरीले शुक्रबार यो जानकारी दिएको हो ।
मन्त्री भेकी सेलले केही घण्टापछि प्रहरीसँगको गोली हानाहानमा एकजना संदिग्धको मृत्यु भएको र दुई जनालाई पक्राउ गरेको बताए ।
चौथो संदिग्ध फरार भएपनि पहिचान भई खोजी भइरहेको उनले बताए ।