चीनको कोइला खानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु

न्युजलय ८ जेठ २०८१, मङ्गलबार १२:४४ मा प्रकाशित

काठमाडौँ । उत्तरपूर्वी चिनको हेइलोङजियाङ प्रान्तस्थित कोइलामा खानी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । 

कोइलाखानी कम्पनी स्रोतका अनुसार हेइलोङगजियाङ लङमे समूह अन्तर्गतको हेगाङ खानी कम्पनीको जिङआन कोइला खानीमा सोमबार राति दुर्घटना भएको हो ।

दुर्घटना हुने क्रममा नौ जना फसेको र उनीहरूमध्ये चार जनालाई उद्धार गरिएको स्रोतले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानले तरल कार्बनडाइअक्साइडको चुहावटको कारणले दुर्घटना भएको देखाएको छ । दुर्घटनाको कारणका बारेमा थप अनुसन्धान भइरहेको छ ।