अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारत र पाकिस्तानमा पनि धक्का

न्युजलय ८ चैत २०७९, बुधबार ०७:०२ मा प्रकाशित

काठमाडौं । अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । 

६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीसहित पाकिस्तानमा पनि महसुस भएको छ ।

भारतीय भूगर्भविभागका अनुसार गएराति १० बजेर १७ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पबाट कम्तिमा दुई जनाको ज्यान गएको तथा तीन सय जनाभन्दा धेरै घाइते भएका अलजजिराले जनाएको छ ।

प्रभावित क्षेत्रमा उद्दारकर्ता खटिएका छन् । भूकम्प प्रभावित विभिन्न क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।