एजेन्सी । मोखा नामक चक्रवातको असरका कारण बङ्लादेश र म्यानमारमा आएको वर्षा र आँधीबेहरीका कारण ठूलो क्षती भएको छ । बंगलादेशका शरणार्थी शिविरहरु ध्वस्त भएका छन् ।
यस्तै, म्यानमारमा पनि २१० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको हावाले ठूलो असर गरेको छ ।
चक्रवातको असर परेको क्षेत्रमा बाढी पहिरो पनि आएको छ । जसमा परेर पाँच जनाको ज्यान गएको छ । म्यानमारको न्याउङ–उ सहरमा ५८ वर्षयताकै सबैभन्दा धेरै वर्षा भएको त्यहाँको मौसम विज्ञान विभागले जनाएको छ ।