कोरोनाबाट भारतीय अभिनेता तथा राजनेता बिजयकान्तको निधन

न्युजलय १२ पुस २०८०, बिहिबार ११:१९ मा प्रकाशित

काठमाडौँ  । अभिनेताबाट राजनीतिज्ञ बनेका विजयकान्तको बिहीबार निधन भएको छ । उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि सास फेर्न गाह्रो भएपछि उनलाई चेन्नईको एक निजी अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो ।

डीएमडीके पार्टीका संस्थापक विजयकान्त ९७१० चेन्नईको एमआईओटी अस्पतालमा भर्ना भएको बताइएको छ । उनको मृत्युपछि अस्पताल बाहिर सुरक्षा व्यवस्था बढाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

१९७९ देखी दक्षिण भारतीय फिल्म क्षेत्रमा सक्रिय बिजयकान्तले ५० भन्दा बढी फिल्ममा अभिनय गरेका छन । दक्षिण भारतीय सिनेममा ८०–९० को दशकमा उनले दर्जनौं हिट फिल्म दिएका थिए, जसमध्ये निरुत्तम, शक्तिमानजस्ता फिल्महरुलाई स्मरण गरिन्छ ।