४१ अंकले बढ्यो नेप्से

न्युजलय १९ असोज २०७८, मङ्गलबार ०४:२५ मा प्रकाशित

काठमाडौं । मंगलबार(आज) शेयर कारोबार मापक नेप्से परिसूचक करिब ४२ अंकले सुधार भएको छ ।

केहीदिन यता लगातार घटिरहेको नेप्से परिसूचक आज ४१ दशमलव ८४ अंकले बढेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.०४ अंकले उकालो लागेको छ ।

व्यापार समूहको उपसूचक भने ५६ अंकले घटेको छ । नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने सुधार हुन सकेन ।

आज भएका ४१ हजार ५१ वटा कारोबारबाट ५८ लाख ४२ हजार १३५ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६ सय ८३ रुपैयाँमा रोकिएको छ ।