टर्कीमा भुकम्प गएको १४९ घण्टापछि भग्नावशेषमुनिबाट एक व्यक्तिको जिवितै उद्धार

न्युजलय २९ माघ २०७९, आइतबार ०७:२६ मा प्रकाशित

काठमाडौं । दक्षिणी टर्कीको हाते प्रान्तमा शक्तिशाली भूकम्प गएको १४९ घण्टापछि भत्किएको भवनको भग्नावशेषमुनिबाट एक ३५ वर्षीय व्यक्तिको उद्धार गरिएको छ।

टर्कीको सरकारी समाचार एजेन्सी अनादोलुले जनाएअनुसार मुस्तफा सारिगुल भनेर चिनिने व्यक्ति स्क्यानको क्रममा ६ तले अपार्टमेन्ट भवनको भग्नावशेषमा फेला परेका थिए।

खोज र उद्धार टोली साथै सैन्य कर्मचारी र रोमानियाली खोज र उद्धार टोलीका सदस्यहरूले ती व्यक्तिलाई जिउँदै बचाउन पाँच घण्टासम्म मेहनत गरेका थिए।

सोमबारको भूकम्पपछि टर्की र सिरियामा मृत्यु हुनेको संख्या आइतबार बिहानसम्म २८ हजार १९२ पुगेको छ।