ग्रिसमा प्रवासीले भरिएको डुङ्गा पल्टिँदा ७९ जनाको मृत्यु

न्युजलय ३२ जेठ २०८०, बिहिबार ११:१० मा प्रकाशित

काठमाडौं । दक्षिण ग्रिसको तटमा प्रवासीले भरिएको डुङ्गा पल्टिँदा कम्तीमा ७९ को मृत्यु भएको छ । दुर्घटनामा हालसम्म सयभन्दा बढीलाई सुरक्षित निकालिएको छ ।

दुर्घटनामा जोगिएकाहरूले डुङ्गामा भएका कम्तीमा सय जना अझै पनि बेपत्ता भएको बताएका छन् । यो ग्रिसमा भएको अहिलेसम्मकै सबैभन्दा ठुलो आप्रवासी त्रासदीमध्ये एक रहेको सरकारले बताएको छ । ग्रिसमा तीन दिने शोकको घोषणा गरिएको छ ।

ग्रिसको सार्वजनिक प्रसारक ईआरटीले अधिकारीले धेरै पटक स्याटलाइट फोनको माध्यमले डुङ्गासँग सम्पर्क गरेको र मद्दतको प्रस्ताव गरेको जानकारी दियो । 

राहत तथा उद्धारको काम सुरु भए पनि हावाहुरीका कारण समस्या परेको जनाइएको छ ।