एजेन्सी । मोरक्कोमा गएको शक्तिशाली भुकम्पमा परी कम्तीमा २९६ जनाको ज्यान गएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार एटलस पर्वतलाई केन्द्र बनाएर ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । भुकम्पको केन्द्र जमिनभित्र १८.५ किलोमिटर गहिरो रहेको बताइएको छ ।
स्थानीय समयअनुसार राती ११ः११ मा भूकम्प गएको हो । त्यसको १९ मिनेटपछि ४.९ म्याग्नीच्युडको पराकम्पसमेत गएको थियो ।