इन्डोनेसियाको पहिरोमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

न्युजलय २८ फाल्गुण २०७९, आइतबार ०८:३० मा प्रकाशित

इन्डोनेसिया । इन्डोनेसियाको पश्चिमी प्रान्त नाटुना रिजेन्सीमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ ।

विपद् न्यूनीकरण निकाय (बीएनपीबी)का प्रवक्ता अब्दुल मुहारीले पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार ३६ पुगेको जानकारी दिएका हुन् ।

यस्तै, हराइरहेका १८ जनाको खोजी कार्य जारी रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लगातारको भारी वर्षाका कारण सोमबार दिउँसो पहिरो खसेको हो । पहिरोपछि तीन वटा गाउँ पुरिएको र एक हजारभन्दा बढी मानिसले अस्थायी आश्रय लिएका बताइएको छ ।    

इन्डोनेसियामा सामान्यतया वर्षायाममा ठूलो बाढी र पहिरोजस्ता थुप्रै जल उत्पन्न प्रकोपहरू हुन्छन् ।