पपुवा न्यू गिनीका प्रधानमन्त्रीले नरेन्द्र मोदीको खुट्टा ढोगेपछि.....

न्युजलय ८ जेठ २०८०, सोमबार ०६:४८ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदी आइतवार पपुवा न्यू गिनी पुगेका छन् , जहाँ उनको भव्य स्वागत गरिएको थियो।

उनलाई स्वागत गर्न विमानस्थल पुगेका पपुवा न्युगिनीका प्रधानमन्त्री जेम्स मारापेले प्रधानमन्त्री मोदीको खुट्टा ढोगेर सम्मान व्यक्त गरेका थिए ।

यहाँ उनले पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापेसँग ‘फोरम फर इन्डिया–प्यासिफिक आइल्याण्ड्स कोअपरेसन’ को तेस्रो शिखर सम्मेलन संयुक्त रूपमा आयोजना गर्नेछन्। 

प्रधानमन्त्री मोदी तीन देशको भ्रमणमा छन् र पपुवा न्यू गिनी उनको भ्रमणको दोस्रो बिन्दु हो। मोदी पपुवा न्यू गिनी भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री पनि हुन्। पपुवा न्यू गिनीमा उनले जेम्स मारापे र गभर्नर जनरल बब डाडेसँग द्विपक्षीय वार्ता गर्नेछन्।

जापानमा भएको जी–७ देशको शिखर सम्मेलनमा सहभागी भएर उनी यहाँ आइपुगेका हुन् ।