नेप्से ३२ अंक बढ्यो

न्युजलय ३ माघ २०७९, मङ्गलबार ०९:०४ मा प्रकाशित

काठमाडौँ । मंगलबार(आज) सेयर बजारको परिसूचक नेप्से ३२.७२ अंक बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २१८२ अंकमा कायम भएको छ । 

आज कुल ३ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ । १६९ कम्पनीको मूल्य बढ्दा ३० को घट्यो भने ६ को स्थिर रहृयो ।

बैंकिङ उपसमूह ४ अंक घट्यो भने अरु सबै बढेका छन् । विकास बैंक १०१, फाइनान्स ६३, होटल तथा पर्यटन १६३, जलविद्युत् १२७, जीवन बीमा १४४, माइक्रोफाइनान्स ५६, निर्जीवन बीमा ११३, अन्य ४४ र व्यापार उपसमूह ५ अंक बढे ।

७ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । ग्रिन भेन्चर, आदर्श लघुवित्त, पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर र बलेफी हाइड्रोपावरको मूल्य ९।८ देखि १० प्रतिशतसम्म बढ्यो ।

कारोबार रकमका आधारमा अपी पावर, माथिल्लो तामाकोसी, ङादी ग्रुप, रिडी पावर र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।