भारतले नेपाललाई ८ अर्ब भारु अनुदान दिने

न्युजलय १९ माघ २०८२, आइतबार ०३:३१ मा प्रकाशित

काठमाण्डौ । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२६–२७ का लागि ८ अर्ब भारु अर्थात् १२ अर्ब ८० करोड नेपाली रुपैयाँ बराबर अनुदान दिने भएको छ ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आज संसद्मा प्रस्तुत गरेको बजेटमा नेपाललाई गएको वर्षको शुरुआती विनियोजन बराबरकै अनुदान दिने उल्लेख छ । गएको आर्थिक वर्षमा भारतले शुरूमा ८ अर्ब भारु विनियोजन गरे पनि त्यसलाई संशोधन गरेर ८ अर्ब ३० करोड भारु पुर्‍याएको थियो ।

भारतले सबैभन्दा धेरै भूटानलाई २२ अर्ब ८८ करोड अनुदान उपलब्ध गराउने उल्लेख छ ।